अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

आशंका गरिएका दुइजना मध्ये एक जनामा कोरोना संक्रमण भएको पुष्टि

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:३३ मा प्रकाशित

नोवेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना पुरुषको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । केही दिन अगाडि मात्रै ४८ वर्षका एक जना महिला र २८ वर्षका अर्का एक जना पुरुष गरी दुइ जनामा कोरोना भाइरस संक्रमणको आशंकामा स्याम्पल परीक्षणका हङकङ पठाइएको थियो । हङकङमा गरिएको परीक्षण पश्चात पुरुषमा कोरोनाको संक्रमण नभएको देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

स्याम्पल परीक्षणका लागि पठाइएका महिलामा भने संक्रमण भएको भेटिएको अस्पतालले जनाएको हो । संक्रमण नदेखिएपछि भने पुरुषलाई डिस्चार्ज गरिएको छ । कोरोनाको संक्रमण देखिएका महिला केही दिन अगाडि चीनमा आयोजित एउटा कार्यक्रममा सहभागी भएर नेपाल फर्किनुभएको थियो । कोरोनाको संक्रमण देखिएका महिलाको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार भइरहेको छ । यसअघि एक जनामा कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ ।

जससँगै नेपालमा अहिलेसम्म दुइ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरसको कारण चीनमा मात्रै अहिलेसम्म करिब ८१ जनाको मृत्यु भइसकेको छ भने करिब दुइ हजार सात सय ४४ जनामा यसको संक्रमण देखिएको छ । चीनसँगै जापान, थाइल्याण्ड, दक्षिण कोरिया, ताइवान, मकाउ, हङकङ, संयुक्त राज्य अमेरिका, सिंगापुर, मलेसिया, भियतनाम, फ्रान्स, अस्ट्रेलिया र नेपालमा यसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू