अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

अमेरिकामा हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु, बास्केट बलर कोबे मारिए

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:२५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया स्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अमेरिकी बास्केट बलर कोबे ब्रायन्ट र उनकी छोरी जियानाको पनि मृत्यु भएको छ । ४१ वर्षिय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेका बेला दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

पाँच पटक च्याम्पियन रहेका ब्रायन्ट अमेरिकी बास्केट बलका महत्वपूर्ण खेलाडी मानिन्छन् । उनले सन् २०१६ मा एनबीए इतिहासमा तेस्रो अग्रणी स्कोर समेत गरेका थिए । ब्रायन्टका श्रीमती र अन्य तीन छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू