अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

काग्रेसको अवरोधका कारण गण्डकी प्रदेशको सदन अबरुद्ध

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:२४ मा प्रकाशित

गण्डकी प्रदेश सभा प्रमुख प्रतिपक्षदलको अबरोधको कारण स्थगित भएको छ । बैठक शुरु भएर शुन्य समय र विशेष समयमा सांसदहरुले आ– आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको हो । बैठकमा भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगर र सामाजिक विकास मन्त्री नरदेवी पुनले सदनमा उठेको प्रश्नको जवाफ दिएपछि प्रमुख प्रतिपक्षी दलका सांसद कुमार खड्काले नियमापत्ती जनाएसंगै आजको सदन अवरुद्ध भएको हो ।

सदनमा उठेको प्रश्नको सम्बन्धीत मन्त्रीले जवाफ नदिए सम्म सदन अगाढि बढ्न नसक्ने भन्दै काग्रेसका उपस्थित १० जना सांसद उठे पछि सभामुखले प्रमुख प्रतिपक्षदलका नेतालाई बोल्न समय दिनु भएको थियो । तर, सांसद्हरुले मन्त्रीकै जवाफ माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले पहिलो चरणको बैठक स्थगित गर्नुभएको थियो । पुनः ४ वजे बसेको दोश्रो चरणको बैठकमा समेत कांग्रेस सांसदहरु आ आफ्नो ठाउँमा उठेर बिरोध जनाएपछि माघ १४ गते ११ बजे बस्ने गरी सदन स्थगित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू