अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ८० पुग्यो

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:२५ मा प्रकाशित

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार दुइ हजार सात सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ ।

न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ । अहिलेसम्ममा अस्ट्रेलियामा चार, फ्रान्समा तीन, हङकङमा आठ, जापानमा चार, मकाओमा पाँच, मलेसियामा चार, नेपालमा एक, सिंगापुरमा चार, दक्षिण कोरियामा तीन, ताइवानमा चार, थाइल्यान्ड आठ, अमेरिकामा पाँच र भियतनाममा दुइ जना संक्रमित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कोरोना प्रकोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सव बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू