अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

‘एमसीसी’ पारित गर्न हतार गर्नु पर्दैन, लोकतन्त्रमा विरोध भइरहन्छ – सभामुख सापकोटा

बिआरटीनेपाल २०७६ माघ १३ गते ८:१९ मा प्रकाशित

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसलाई पारित गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिनुभएको छ । सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले एमसीसीबारे बहस छेडिएको र सबैले अध्ययन गर्नुपर्ने भन्दै पारित गर्न हतारिन आवश्यक नरहेको टिप्पणी गर्नुभयो । एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मत बाझिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पारित गर्नुपर्ने मत राखिरहेका छन् भने अन्य नेताहरुले अमेरिकाको ‘इन्डो प्यासिफिक’ रणनीतिको अंग भएको आशंका गरेका छन् ।

अर्को एक प्रसंगमा सभामुख सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा लिएको बताउनुभयो । लोकतन्त्रमा विरोध भइरहने उल्लेख गर्दै उहाँले यसलाई आफुले अन्यथा नलिउको बताउनुभयो । आफूविरुद्ध अदालतमा रहेको मुद्दा प्रक्रियामा रहेकाले त्यसबारे बोल्नु मनासिब नहुने सभामुख सापकोटाको भनाई थियो ।

आफूविरुद्ध उठेका प्रश्नहरुको निरुपण हुँदै जाने भन्दै सभामुख सापकोटाले के सही हो र के गलत हो भन्ने कुरा करोडौं जनतामा गएकाले हतारित आवश्यक नरहेको प्रतिक्रिया दिनुभयो । प्राथमिकताका आधारमा संसदका कामलाई अगाडि बढाउने पनि उहाँले स्पष्ट पार्नुभएको छ । सभामुख सापकोटाले जननिर्वाचित संसदको प्रतिष्ठालाई माथि उठाउने गरी काम गर्ने भन्दै प्रतिपक्षलाई समेट्न निकै राम्रो आधार तयार भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू