अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१ | Colorodo: 01:06

अफगान सेनाको कारबाहीमा ५१ तालिबान मारिए

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:२० मा प्रकाशित

अफगानी सेनाले पछिल्लो २४ घण्टामा गरेका स्थलतथा हवाई आक्रमणमा ५१ जना तालिबान लडाकु मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार नौवटा प्रान्तमा १३ वटा स्थल र १२ हवाई आक्रमण गरिएको जनाएको छ । ’यी आक्रमणमा ५१ आतंककारी मारिएका छन्, १३ घाइते भएका छन् भने ६ जनालाई पक्राउ गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

तालिबानले पनि पछिल्लो दुई दिनमा आफ्नो आक्रमणमा परि थुप्रै अफगान सैनिकको ज्यान गएको दाबी गरेको छ । तालिबान र अमेरिकी वार्ताकारहरुबीच कतारको दोहामा चलेको वार्ता दुई दिनका लागि रोकिएको बेला अफगान सेनाले हमला गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू