अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

पुष महिनामा मात्र ५२ हजार नेपाली श्रमीक विदेशिए

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:१४ मा प्रकाशित

पुष महिनामा मात्र श्रम स्वीकृति लिएर ८४ मुलुकमा ५२ हजार दुइ सय २५ नेपाली श्रमीक विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पुस महिनाको प्रगति विवरणले यस्तो तथ्यांक देखाएको हो । विवरण अनुसार मंसिर महिनाको तुलनामा पुसमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या बढेको छ ।

विभागको तथ्याङ्क अनुसार संस्थागत रूपमा विदेशिनेको संख्या २७ हजार चार सय ४२ रहेको छ । विभागको विवरणमा श्रम स्वीकृति लिएर सबैभन्दा बढी मलेसिया गएका छन् । मलेसिया जानेको संख्या सात हजार आठ सय ६२ रहेको छ । लामो समय बन्द भएर खुलेको हुनाले मलेसिया जानेको संख्या बढेको विभागले जनाएको छ ।

यस्तै साउदी अरबमा ६ हजार तीन सय ३९, यूएइमा ६ हजार दुइ सय ८८, कतारमा पाँच हजार एक सय ४५ नेपाली वैदेशिक रोजगारका लागि गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू