अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

स्पेनिस ला–लिगामा बार्सिलोना पराजित

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:०९ मा प्रकाशित

स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनालाई भ्यालेन्सियाले २–० ले हराएको छ । गएराति भ्यालेन्सियाको मैदानमा भएको खेलमा पराजित भएसँगै बार्साले लिग तालिकामा रियाल मड्रिडसँग ३ अंकको अग्रता लिने अवसर गुमाएको छ । खेलमा जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । ७७ औ मिनेटमा म्याक्सी गोमेजले एक गोल थप्दै घरेलु टोलीको जित पक्का गरे ।

घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनालाई सन् २००७ पछि पहिलो पटक हराएको हो । यो हारसँगै बार्सिलोनाको २० खेलबाट ४३ अंक भएको छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ४३ अंकसहित दोस्रो स्थानमा रहेको रियाल मड्रिडले आज राति रियाल भालाडोलिडसँग खेल्नेछ ।

प्रतिक्रिया