अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

भारतको गणतन्त्र दिवसको अवसरमा नेपाललाई ३० एम्बुलेन्स र ६ बस सहयोग

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:०७ मा प्रकाशित

७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासले विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो । दूतावासले विभिन्न शैक्षिक संस्थालाई ६ वटा बससमेत सहयोग गरेको छ ।

भारतीय दूतावसमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । दूतावासका अनुसार एक वीर नारी, आठ एकल महिला र मृतक सैनिकका पाँच जना नातेदारलाई पाँच करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो । कार्यवाहक राजदूत अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थालाई पुस्तक समेत प्रदान गर्नुभयो ।

कार्यवाहक राजदूतले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपतिले दिएको शुभकामना सन्देश पढेर सुनाउनुभएको छ । भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिबद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैरनाफामूलक संस्थाहरुलाई सात सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थालाई एक सय ५४ बस प्रदान गरेको छ ।

दिवसका अवसरमा इन्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेता सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू