अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

एम्बुलेन्सको प्रयोग गरी गाँजा तस्करी गर्ने तीनजना पक्राउ

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:०७ मा प्रकाशित

मकवानपुरमा एम्बुलेन्सको प्रयोग गरी गाँजा तस्करी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा–नारायणगढ सडक अन्तर्गत नेवारपानीमा बा २ झ १७४९ नंबरको एम्बुलेन्समा ३० किलो ६०० ग्राम फेला पारेको थियो ।

तस्करीमा प्रयोग गरिएको एम्बुलेन्स रौतहट डुमरीया नगरपालिका स्वास्थ्य चौकीको रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्सका चालक महमद खलिद, अशोक कुमार र भारतीय नागरिक विनोद सहनी छन् ।

उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यता हेटौडा बसपार्कबाट १० किलो गाँजा सहित पक्राउ परेका दुईजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू