अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

पोखरा विमानस्थलबाट २९ राउण्ड गोलीसहित १ जना पक्राउ

बिआरटीनेपाल २०७६ माघ १२ गते ७:४२ मा प्रकाशित

पोखरा विमानस्थलमा चेकजाँचका क्रममा २९ राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन् । चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने गोलीसहित एक जना पक्राउ परेका हुन्।

विमानस्थलको एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका– २७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा गोली फेला परेको थियो । उनको साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शाही यति एअरको उडानमार्फत काठमाडौँ उड्न लागेका थिए। प्रहरीले घटना सम्वन्धमा अनुसन्धान अघि बढाइसकेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू