अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्छु – सभामुख सापकोटा

बिआरटीनेपाल २०७६ माघ १२ गते ७:४१ मा प्रकाशित

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सभामुखमा निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताउनुभयो । लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागिरहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुखमा निर्वाचित हुनुभएको हो । सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ बाट सांसद्मा निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसक्नुभएको छ । सभामुख निर्वाचित भएपछि आफूबारे अदालतमा रहेको मुद्दाबारे भने सापकोटा मौन रहनुभएको छ । उहाँलाई पत्रकाहरूले सर्वोच्च अदालतमा पक्राउ गर्न माग गर्दै परेको मुद्दा विचाराधीन रहेको विषयमा प्रश्न गरेका थिए तर, उहाँले उक्त विषयमा कुरा गर्न चाहनुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू