अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

श्रीमतीको मलद्वारमा अगुल्टो कोच्ने श्रीमान् पक्राउ

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४९ मा प्रकाशित

श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमानलाई दाङ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा लमही नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षीय मेगबहादुर सार्कीले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मलद्वारमा आगोको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

सार्कीको अवस्था गम्भीर रहेको छ । लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू