अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

नेपाली सेना अन्तर्राष्ट्रियस्तरको विस्फोटक पदार्थ देशभित्रै उत्पादन गर्न सक्षम

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४८ मा प्रकाशित

नेपाली सेनाले भौतिक पूर्वाधार, बाटो र सुरुङ निर्माणमा खपत हुने विस्फोटक पदार्थ मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त दाबीप्रति अहिले नै विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए तापनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शङ्का नहटेको प्रतिक्रिया दिएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचरी इमल्शन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । करिब ३५ करोडको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक चार हजार ८०० मेट्रिक टन विस्फोटक पदार्थ सजिलोसँग उत्पादन हुने सैनिक सामग्री उत्पादन निर्देशनालयका सहायकरथी हेगेन्द्रलाल महर्जनले जानकारी दिनुभयो । गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त प्लान्टबाट अहिलेसम्म उच्च गुणस्तरको २०० मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइसकेको उहाँले जानकारी दिनुभयो ।

मुलुकभित्र विस्फोटक पदार्थको ओसारपोसार, रेखदेख, नियन्त्रण र ढुवानीमा सहयोग पु¥याउँदै आएको नेपाली सेनाले पूर्वाधार विकासका लागि देशलाई आवश्यक पर्ने विस्फोटक पदार्थ एकद्वार प्रणालीमार्पmत होस् भन्ने हेतुले नयाँ इमल्शन प्लान्ट स्थापना गरेको हो । हालसम्म पनि विस्फोटक पदार्थ राख्न, किन्न, एक स्थानबाट अर्को स्थानमा लैजान सरकारका विभिन्न निकाय र सरोकारवाला पक्षले झन्झट र दुःख दिने पूर्वाधार निर्माणकर्ताको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू