अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हब’ बन्दैछ – मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४७ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हब’ गण्डकी प्रदेश बन्दै गरेको बताउनुभएको छ । लमजुङ बेंसीशहर नगरपालिका–१० खासुर सामुदायिक घरबास उद्घाटन कार्यक्रममा उहाँले जातजाति, भाषा, संस्कार संस्कृति विश्वमै नेपाल रहेको र यसमध्ये पनि गण्डकी प्रदेश रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय संस्कृतिमा पनि यस प्रदेशको नेतृत्व रहेको बताउँदै उहाँले सांस्कृतिक निर्माण र भाषाको विकास गर्नमा गण्डकी प्रदेश सम्पन्न रहेको बताउनुभयो । प्रकृति र संस्कृतिको अनुपम संगम ईश्वरको बरदानका रुपमा रहेको गण्डकी प्रदेशलाई विकास गर्नका लागि प्रदेश सरकार अघि बढेको गुरुङको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू