अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 14:54

कांग्रेस जीवित राख्न नेतृत्व सच्चिनुपर्छ – सुजाता कोइराला

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४२ मा प्रकाशित

कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीलाई जीवित राख्न नेतृत्व सच्चिनु पर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले शनिबार विराटनगरस्थित कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने बताउनुभयो ।

कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको बताउँदै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्नुभयो । पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदलोलुप्ता देखिन नहुने कोईरालाको भनाई थियो । नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने उहाँले सुझाव दिनुभएको छ । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका तीनजना एक ठाउँमा उभिएको उल्लेख गर्दै कोइरालाले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको स्पष्ट पार्नुभयो ।

कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा रहेको दावी गर्नुभयो । एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिदैँ परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसदबाट स्वीकृत गराउनुपर्ने कोईरालाको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू