अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

अमेरिकी सैन्य क्याम्पमा इरानको रकेट आक्रमणबाट सैनिकहरुको मस्तिष्कमा चोट

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४३ मा प्रकाशित

इरानले अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्दा घाइते भएका अमेरिकी सैनिकहरुको मस्तिष्कमा चोट लागेको छ । केही दिनअघि इराकको बगदादमा इरानले अमेरिकी सैन्य क्याम्पमा रकेट आक्रमण गरेको थियो । अमेरिकाले हवाइ आक्रमण गरेर इरानी सैन्य कमाण्डर कासेमा सुलेमानीलाई मारेपछि त्यसको बदला लिन भन्दै इरानले अमेरिकी सेनाका क्याम्पमा हमला गरेको थियो । उक्त हमला लगत्तै अमेरिकाले आक्रमणमा मानविय क्षति नभएको दावी गर्दै आएको छ ।

तर अधिकारीहरुका अनुसार अझै १७ जना सैनिकहरु उपचारकै क्रममा रहेका छन् । राष्ट्रपति ट्रम्पले इरानविरुद्ध फेरि कारवाही नगर्ने आफ्नो नीतिका कारण मानवीय क्षति नभएको दावी गर्नुभएको थियो । स्वीट्जरल्याण्डको डाबोसमा भएको वल्ड इकोनोमी फोरममा सहभागी हुने क्रममा राष्ट्रपति ट्रम्पले इरानको आक्रमणमा आफ्ना सेना घाइते भएको उल्लेख गर्नुभएको थियो ।

अमेरिकी रक्षा विभागका प्रवक्ता जोनाथन होफम्यानले घाइते आठ जनालाई थप उपचारका लागि अमेरिका पठाइएको जानकारी दिनुभएको छ । घाइतेमध्ये नौ जनालाई यसअघि नै जर्मनी पठाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू