अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

ठग महाराजको महायज्ञमा सहभागी नभई उपराष्ट्रपति काठमाडौं फिर्ता

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३७ मा प्रकाशित

नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन जानुभएको थियो ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि चितवन गएपनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गर्नुभएको जानकारी दिनुभयो । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लाग्नुभएको मगरले जानकारी दिनुभयो ।

आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशीत भएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा आउनु भएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नहुनु भएको हो । आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू