अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

टर्कीमा शक्तिशाली भूकम्प – कम्तीमा २१ जनाको मृत्यु, ५ सय जनाभन्दा बढी घाईते

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३५ मा प्रकाशित

टर्कीमा गएको ६.७ म्याग्निच्युडको भूकम्पमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । पूर्वी टर्कीको एलाजिग प्रान्तको सिभ्रिसमा गएको भूकम्पमा ५ सयभन्दा बढी घाइते भएको र भत्केका घरका भग्नावशेषमा ३० भन्दा बढी फसिरहेको अलजजीराले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी देश सिरिया, लेबनान र इरानमा समेत महसुस गरिएको थियो। भूकम्पले दर्जनौं घर भत्किएका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उद्धार र राहतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । एलाजिग राजधानी अंकाराबाट झन्डै ७ सय ५० किलोमिटरको दूरीमा रहेको छ।

टर्कीमा यसअघि पनि भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो। सन् १९९९ मा उत्तरपश्चिमी टर्कीमा गएको ७.४ म्याग्निच्युडको भूकम्पमा झन्डै १८ हजारको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू