अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

८ लाख घुससहित गाउँपालिका अध्यक्ष अख्तियारको फन्दामा

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३४ मा प्रकाशित

जाजरकोटको एक स्थानीय तहका अध्यक्ष सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा परेका हुन् ।

सोही गाउँपालिकाको वडा नं ५ मा निर्माण गरिएको सडकको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु आठ लाख घुस लिएको अबस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आयोगले अध्यक्ष केसीसहित उनीसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई पनि नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थिति पूरानो मालपोट कार्यालयको जग्गा नजिकै हटलाइन रोडबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू