अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

‘कोरोनाभाइरस’को संक्रमण फैलिन नदिन ‘नेपालमा पनि विशेष सतर्कता’

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३३ मा प्रकाशित

नेपालमा ‘कोरोनाभाइरस’को संक्रमण फैलिन नदिन विशेष सतर्कता अपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नेपाल आउने हरेक यात्रीको स्वास्थ्य परीक्षण गरिने र कसैमा कोरोनाभाइरसको लक्षण देखापरे उपचारका लागि अस्पताल पुर्याईने व्यवस्था मिलाइएको बताउनुभयो ।

मन्त्रालय पूर्वतयारीको अवस्थामा रहेको भन्दै उहाँले संक्रमणबारे धेरै आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको उल्लेख गर्नुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डे र सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबारे सचेत रहन सुझाव दिनुभयो ।

शुक्रबारमात्र नेपालमा पनि कोरोनाभाइरस फेलापरेको पुष्टि भएको थियो । चीनबाट नेपाल आएका कोरोनाभाइरस संक्रमित नेपाली युवा उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू