अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

संसद सन्चालनदेखि राजनीतिक नियुक्तिसम्म सहमतिका आधारमा गर्ने नेकपा र कांग्रेसबीच सहमति

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफललमा नेताबीच मुलुक सन्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

उहाँले मुलुक सन्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताउनुभएको छ । राज्य सन्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुने उल्लेख गर्दे नेम्वाङले त्यही साझा सहमति खोज्न छलफल भएको जानकारी दिनुभयो । संसद सन्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै बिषय सहमतिका आधारमा गर्ने निर्णय भएको उहाको भनाई थियो ।

यसअघि , प्रधानमन्त्री ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल कांग्रेससँग छलफल गरेर मात्र गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू