अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

निर्मला पन्तको घटनामा आधारित चलचित्र कोपिलाको च्यारिटी सो सम्पन्न

बिआरटीनेपाल २०७६ माघ १० गते ९:४० मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका zनिर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रवार हेटौडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी सो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, सञ्जीवनी खरेल,प्रकृति खरेल,जुनिफर पौडेल,श्रेया आचार्य सहित अन्य कलाकारको समेत बाक्लो उपस्थिति रहेको थियो ।

मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी सो मा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्र सहित नगद पचास हजार प्रदान गरिएको थियो । पन्तलाई चलचित्रका निर्देशक शिबम् अधिकारी, निर्माता मणिराज गौतम,गणेश गिरी,सुवासराज काफले जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रूपमा रकम हस्तान्तरण गर्नु भएको हो ।

चलचित्रमा निर्मलाको भूमिकामा सञ्जीवनी खरेलले अभिनय गरेकी छिन ।उनले पहिलो पटक अभिनय गरे पनि उनको अभिनयलाई दर्शकहरूले रुचाएका छन् । चलचित्रमा आमाको भूमिकामा अभिनय गर्ने कलाकार सरिता गिरिको अभिनयलाई धेरैले तारिफ गरेका छन् । उनको अभिनय दर्दनाक रहेको प्रतिक्रिया छ । चलचित्रलाई हेटौडामा उच्च माउथ पब्लिसिटी रहेको छ । चलचित्रले उठान गरेको विषय बस्तुलाई आम दर्शकहरूले अत्यधिक मन पराएका छन् । कार्यक्रममा पत्रकार महासङ्घ कन्चनपुरका अध्यक्ष विष्णु अबस्थीले स्व निर्मला पन्तको कथालाई उठान गरेर चलचित्र बनाएकोमा आभार व्यक्त गर्नु भयो ।

चलचित्रले आम निर्मलाहरूको प्रतिनिधित्व गर्ने उहाँको तर्क छ । यस्तै स्व पन्तकी आमा दुर्गादेवीले चलचित्रबाट समाजमा उच्च शिक्षा मिल्ने भन्दै आफ्नो छोरी जस्तो अरू छोरीहरूले बलत्कृतहुनु नपरोस् भन्दै चलचित्रबाट महिला हिंसा अन्त हुने बताउनु भयो । यस्तै कन्चनपुरबाटै आउनु भएकी महिलाअधिकारकर्मी प्रेम पति रानाले पनि चलचित्रबाट आम समाजलाई सुसूचित गराइने भन्दै आम छोरीचेलीहरुलाई यस्ता घटनाबाट सजग बनाउने बताउनु भयो ।

कार्यक्रममा कलाकार निर्माता रमित ढुङ्गाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री,निर्देशक गोविन्द गौतम लगायतका संचारकर्मी तथा महिलाअधिकारकर्मी,संचारकर्मीहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया