अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३५ | Colorodo: 07:50

लगातार २७ घण्टा सामूहिक नृत्य गरेर अमेरिकाको रेकर्ड तोड्ने १३ जना नेपाली युवायुवतीको घोषणा

बिआरटीनेपाल २०७६ माघ १० गते ७:३१ मा प्रकाशित

नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीहरुले लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरेका छन् । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने छ । शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व किर्तीमानीबारे जानकारी गराएको हो। उक्त किर्तीमान राख्नको लागि गिनिज बुकले अनुमति समेत दिइसकेको छ।

कार्यक्रममा मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरु विश्व किर्तीमानी राख्ने तयारीमा जुटेको स्पष्ट पारे। उनले उक्त उद्देश्यमा सफल हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

उहाका ाअनुसार सो विश्व किर्तीमानी कार्यक्रममा नेपालको मौलिक गीत–संगित, भेषभुषामा नृत्य प्रस्तुत गरिनेछ । समारोहको उद्घाटन भने देशका विशिष्ट व्यक्तिहरुले गर्ने कार्यक्रम तय भएको छ।

यसअघि सन् २०११ अक्टोबर ३१ मा अमेरिकाको एम.टि.भि.ओ. म्युजिक अवार्डको नाममा १३ जना युवायुवतीले लगातार २४ घण्टा १ मिनेट सामूहिक नृत्य गरेर विश्वकै सबैभन्दा लामो सामूहिक नृत्यको विश्व रेकर्ड राखेका थिए। अमेरिकाको नाममा रहेको यसअघिको रेकर्ड तोड्न र नयाँ रेकर्ड राख्ने प्रयासस्वरुप मारुनी मिडिया नेटवर्कमार्फत १३ जना नेपाली युवा युवतीद्वारा सामूहिक नृत्य गर्ने घोषणा गरिएको हो।

सामूहिक नृत्यमा सामेल हुनेहरुमा डिल बहादुर मगर (डिकेश), केश बहादुर पुर्जा, शात्ना तिलिजा, सरला तिलिजा, शिक्षा गर्बुजा, अंशु गर्बुजा, चन्द्रमाया गुरुङ, जस्टिना श्रीस, सुस्मिता गुरुङ, शान्ति शाही, यमुना रोका, सञ्जु पुन र राजिन पुन रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू