अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

बेलायत एक हप्तापछि ईयूबाट अलग्गिने पक्का, महारानी एलिजाबेथको स्वीकृति

बिआरटीनेपाल २०७६ माघ १० गते ७:३२ मा प्रकाशित

बेलायत युरोपेली युनियन (ईयू) बाट अलग्गिने पक्का भएको छ । बेलायतको संसदबाट यसका लागि पारित ब्रेक्जिट बिललाई महारानी एलिजाबेथ द्वितीयले स्वीकृति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। महारानी एलिजाबेथले स्वीकृति दिएसँगै यो विधेयकले कानुनको रुप धारण गरेको छ।

सरकारले दुवै सदनबाट पारित भएपछि यो विधेयक महारानी एलिजावेथ समक्ष पेश गरेको थियो। दुवै सदनबाट विधेयक पारित भएलगत्तै प्रधानमन्त्री बोरिस जोनसनले सुनौलो भविष्यको निर्माणमा जुट्ने संकल्प गर्नुभएको थियो । महारानीले स्वीकृत गरेसँगै अब ईयूबाट बेलायतको दशकौं पुरानो सम्बन्ध समाप्त हुनेछ। बेलायत यही जनवरी ३१ मा युरोपेली संघ ईयूबाट अलग्गिनेछ।

बेलायत सन् १९७३ मा इयूको सदस्य बनेको थियो। ईयूमा अहिले २८ सदस्य राष्ट्र छन्। बेलायत इयूबाट छुट्टिने पहिलो देश बन्दैछ। ब्रेक्जिटको मुद्धामा २०१६ मा बेलायतमा जनमत संग्रह हुँदा ५० प्रतिशत मत बेलायत इयूबाट हुनुपर्ने पक्षमा परेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू