अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लियो

बिआरटीनेपाल २०७६ माघ १० गते ७:२० मा प्रकाशित

ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा पुछारको सरस्वती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र मछिन्द्रसँग अंक बराबरी गरेको हो ।

आर्मी, मछिन्द्र र मनाङ समान १६ अंकसहित शीर्ष तीन स्थानमा रहेका छन् । आर्मीले भने एक खेल कम खेलेको छ । दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेले पनि निर्णायक गोल मनाङले दोस्रो हाफको शुरुमै गरेको थियो । मनाङका लागि निशान लिम्बुले प्रहार गरेको फ्रिकिकलाई अन्जन विष्टले राइटविङबाट टच गरेको बल बारमा लागेपछि रिबाउन्ड भएको थियो ।

उक्त बललाई विमल रानाले गोलमा परिणत गर्दै मनाङलाई अग्रता दिलाउनुभएको हो । मनाङका लागि निर्णायक गोल गर्ने विमल राना म्यान अफ द म्याच घोषित हुनुभयो । मनाङ जारी लिगमा एक मात्र अपराजित टिम हो । उसले चार खेलमा जीत निकाल्दा चार खेलमा बराबरी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू