अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

शहीद सप्ताह शुरु, बिबिध कार्यक्रम गरी मनाईदै

बिआरटीनेपाल २०७६ माघ १० गते ७:१८ मा प्रकाशित

आजबाट शहीद सप्ताह शुरू भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने शहीदहरुको सम्झनामा प्रत्येक वर्ष शहीद सप्ताह मनाउने गरिन्छ । माघ १० गतेबाट शुरु हुने शहीद सप्ताहमा आजको दिन शहीद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाईएको छ । नागरिकको हक हितका लागि लड्दालड्दै विसं १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डयाएर शास्त्रीको हत्या गरिएको थियो ।

शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा आज काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । सभामा महानगरपालिकाका प्रमुख लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल सरकारले शहीद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ ।

शहीद सप्ताहमा माघ १३ गते धर्मभक्त माथेमाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । माथेमाको १९९७ माघ १५ गते सिफलमा हत्या गरिएको थियो । त्यसैगरी सोही वर्षको माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको माघ १५ गते शोभा भगवतीक्मा तत्कालिन राणाशासकहरुले गोली हानेर हत्या गरेका थिए । माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी शहीद सप्ताह मनाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू