अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

एमसिसी आवश्यक संशोधन सहित पारित हुन्छ – प्रचण्ड

बिआरटीनेपाल २०७६ माघ १० गते ७:१७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको दुई वर्षमा उत्साह पूर्वक काम गर्न नसकिएको बताउनुभएको छ । आज नवलपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले जनअपेक्षानुसारका काम सरकारबाट हुन नसकेको स्विकार गर्नुभयो ।

दुई वर्षे सरकारको कार्यकालमा प्रादेशिक र स्थानीय सरकारले गरेका गल्ती सच्याउन नसकेको प्रचण्डको भनाइ थियो । स्थानीय तहमा अनियमितता बढेको स्वीकार्दै प्रचण्डले अराजकता र अनियमितता अलि बढि नै भयो भन्ने गुनासो सुनिएको बताउनुभयो ।

अमेरिकी सहयोग परियोजना एमसिसी आवश्यक संशोधन सहित पारित हुने पनि उहाँले बताउनुभएको छ । प्रचण्डले नेपालको हित हुने गरी एमसिसीका प्रावधानहरुमा परिमार्जन हुने धारणा राख्नुभयो । अमेरिकासँग थप छलफल गरी कतिपय प्रावधानमा संशोधन हुने गरी अघि बढ्ने प्रचण्डको भनाइ थियो ।

अफ्रिका र दक्षिण एसियामा एमसिसी परियोजना लागू भइसकेको जनाउँदै प्रचण्डले सैन्य सहकार्यका लागि इण्डो प्यासिफिक जोडिएकाले नेपालमा पनि आशंका थपिएको धारणा राख्नुभयो । अब सरकारले प्रस्तुत गर्ने बजेट गत वर्षको भन्दा बढि लोकप्रिय हुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू