अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

कांग्रेसमा तत्कालका लागि विवाद समाधान, १४ औं महाधिबेशन तोकिएकै समयमा हुने

बिआरटीनेपाल २०७६ माघ १० गते ७:१७ मा प्रकाशित

केही समयदेखि उत्कर्षमा पुगेको प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्रको विवाद समाधान भएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरुको लगातारको बैठकपछि पार्टिभित्रको विवाद तत्कालका लागि समाधान हुने भएको हो।

शुक्रबार सभापति देउवा निवास बुढानीलकण्डमा बसेको शीर्ष नेताहरुको बैठकले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने तर, तल्ला तहका अधिवेशनको कार्यतालिका हेरफेर र निलम्बन गरिएको विधानका धारा फुकुवा गर्ने बिषयमा सहमति जुटाएको छ । त्यस्तै क्रियाशील सदस्यता छानबिन गर्न समिति बनाउने, नेविसंघमा महाधिवेशन आयोजक समिति गठन गर्ने र ३२ वर्षे उमेर हद लागू गर्ने बैठकले सहमति गरेको छ ।

बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले नेताहरु आपसी सहमतिमा अघि बढ्न र यसअघि बहुमतका आधारमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय हेरफेर गर्न तयार भएको जानकारी दिनुभयो । उहाँका अनुसार अब माघ १३ गते दिउँसो १ बजे बस्ने बैठकमा दुवै पक्ष सहभागी हुने र त्यसले भएका सहमतिलाई अनुमोदन गर्नेछ।

गत पुस ११ गते बसेको केन्द्रीय कार्य समितिमा वरिष्ठ नेता पौडेल पक्ष अनुपस्थित भए पनि देउवाले बहुमतका आधारमा महाधिवेशनको मिति तोक्ने, विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू