अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

दीपक मनाङेले झापड हानेका एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पनि पक्राउ

बिआरटीनेपाल २०७६ माघ १० गते २:०६ मा प्रकाशित

सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरूङलाई पनि प्रहरीले पक्राउ गरेको छ। ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो। जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।एन्फा कास्कीका अध्यक्ष रहेका गुरूङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए।

मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति  दिनुभएको छ । मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू