अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

राष्ट्र निर्माणको काममा एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देश सुशासनमा गईसकेको भन्दै राष्ट्र निर्माणको कार्यमा एकजुट हुन आग्रह गर्नुभएको छ । १९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बिहीबार राजधानीमा गरिएको कार्यक्रममा उहाँले हरेक कार्य क्षेत्रमा रहेका जोसुकै कर्मचारी आ–आफ्नो क्षेत्रबाट देश बिकासमा जुट्नु जरुरी रहेको बताउनुभयो । सो अवसरमा उहाँले सशस्त्र प्रहरीले शान्ति सुरक्षादेखि विपद् व्यवस्थापनका खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक माधवबहादुर थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट बाहिनी पुरस्कार प्रदान गरियो । कार्यक्रममा सशस्त्र प्रहरी बलले विभिन्न क्षेत्रमा गर्दै आएको कार्यको नमुना अभ्यास तथा कलाकौशल प्रदर्शन गरिएको थियो । २०५७ साल माघ ९ गते सशस्त्र प्रहरी बल गठनका लागि अध्यादेश जारी भएको दिन पारेर सशस्त्र प्रहरीले हरेक बर्ष माघ ९ गते सशस्त्र प्रहरी दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू