अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

अदालतमा मुद्दाको सुनुवाइ चलिरहँदा ‘सिद्धबाबा’ गिरी भारततर्फ, पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:२० मा प्रकाशित

जबरजस्ती करणीको मुद्दाको सुनुवाई चलिरहँदा ‘सिद्धबाबा’ कृष्णबहादुर गिरी आश्रम छोडेर भारततर्फ गएका छन् । उनलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । बिहीबार विराटनगरस्थित उच्च अदालतमा बलात्कार आरोपी गिरीको सुनुवाई चलिरहँदा उनी भारततर्फ लागेका हुन्। विराटनगर सीमावर्ती नाका जोगबनीबाट नीजि सुरक्षाकर्मीलाई फर्काएर उनी बाहिरिएको बताईएको छ ।

उनी ग १ च ८१५७ नम्बरको गाडी चढेर भारततर्फ लागेका हुन् । उनका एक अनुयायीका अनुसार केही निकट समर्थकलाई साथमा लिएर आश्रम रहेको सुनसरीको चतराबाट गिरी उच्च अदालतका लागि हिँडेका थिए। यद्यपि उनी अदालत नपुगी दिउँसो १ बजे सिधै जोगबनीतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

उनका निकटस्थका अनुसार स्वास्थ्य उपचारका लागि गिरी भारतको राजधानी दिल्लीतर्फ गएका हुन्। यसअघि गतसाता पनि उनी स्वास्थ्य उपचारका लागि दिल्ली पुगेको बताइएको छ। त्यसकै ‘फलोअप’का लागि गिरी पुनः त्यसतर्फ गएको अनुयायीको भनाइ छ। मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू