अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

नेपाल २०२१ को टी– २० विश्वकप छनोट प्रतियोगितामा सिधै छनौट

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सन् २०२१ मा भारतमा हुने टी– २० विश्वकप छनोट प्रतियोगिताको छनोट प्रक्रिया सार्वजनिक गरेको छ। १६ टिमबीच हुने सन् २०२१ को टी– २० विश्वकपका लागि सन् २०२० को विश्वकपका शीर्ष १२ टिम सिधैं छनोट हुनेछन्।

पुछारका ४ टिम विश्वकप छनोट प्रतियोगितामा धकेलिनेछन्। जनावरी २०२० को टी– २० वरीयतामा अघि रहेका चार टिम पनि विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएका छन्। जसमा जिम्बावे, नेपाल, युएई र हङकङ रहेका छन्।

छनोट खेल्ने १६ मध्ये ८ टिमले भने क्षेत्रीय छनोट पार गर्नु पर्नेछ। छनोट प्रतियोगिताबाट ४ टिम सन् २०२१ को विश्वकपमा छनोट हुनेछन्। यसको अर्थ नेपालले सन् २०२१ को विश्वकप खेल्नका लागि विश्वकप छनोट खेल्ने १६ मध्ये शीर्ष चारमा पर्नुपर्नेछ।

विश्वकप छनोट प्रतियोगितामा २ समूहमा ८/८ टिम हुनेछन्। समूहका शीर्ष २/२ टिम विश्वकपमा पुग्नेछन्। विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबरमा हुनेछ।

प्रतिक्रिया