अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 18:55

अमेरिकाको सियाटलमा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा एकजनाको मृत्यु, ७ गम्भिर घाईते

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:२० मा प्रकाशित

अमेरिकाको सियाटलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजनाको ज्यान गएको छ । सियाटलको व्यस्त क्षेत्रमा स्थानीय समय अनुसार बुधबार बेलुका बन्दुकधारीले गोली चलाएका हुन् । गोली लगाएर सातजना गम्भीर घाइते भएका छन् । घाइते मध्ये एकजना बालक रहेको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणकारी घटनास्थलबाट भागेको प्रहरीले बताएको छ ।

आक्रमणको कारण अहिलेसम्म खुलेको छैन । एक महिलाको घटनास्थलमै मृत्यु भएको र घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू