अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:१३ मा प्रकाशित

क्लब थ्री स्टार सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो । जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्री स्टारले ८ खेलमा १४ अङ्क जोडको छ । शेर्पाले ८ खेलमा ७ अङ्क जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा १० खेलाडीमा सिमित जावलाखेलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको हो । एपीएफमाथिको जितसँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १२ अङ्क जोडेको छ । पराजित एपीएफ ८ खेलमा ५ अङ्क जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया