अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

गण्डकी प्रदेशका प्रदेशसभा सांसद मनाङ्गे पक्राउ

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:११ मा प्रकाशित

गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट गरेको उजुरी परेपछि प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्दघाटन समारोहमै अस्ति जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई सांसद मनाङ्गेले कुटपिट गर्नुभएको थियो ।

उद्दघाटन समारोह सुरु हुँदै गर्दा आयोजकले सांसद मनाङेलाई आसनग्रहणका लागि मञ्चमा बोलाएलगत्तै गुरुङमाथि आक्रमण गर्नुभएको थियो । पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा मनाङेलाई पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय मागदावी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा हिजो उजुरी दिनुभएको थियो ।

गुरुङले उजुरी दिएपछी प्रहरीले उहाँलाई पक्राउ गर्न अदालतसँग स्वीकृती मागेको थियो । अदालतले आज पक्राउ पूर्जी जारी गरेपछि मनाङेलाई सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखराको लेकसाईड स्थित एक होटलवाट पक्राउ गरेको कास्कीका एसपी दानवहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू