अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

अस्ट्रेलियामा अग्निनियन्त्रक विमान दुर्घटना, तीन अमेरिकीको मृत्यु

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:१२ मा प्रकाशित

अस्ट्रेलियामा अग्निनियन्त्रक विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना अमेरिकी नागरिक रहेको अस्ट्रेलियाका अधिकारीले बताएका छन् । नेपाली समय अनुसार बिहीबार बिहान सवा ८ बजेपछि अग्निनियन्त्रणमा खटिएको ‘वाटर–बमिङ’ विमान दुर्घटनामा परेको हो । विमानमा रहेका चालकदलका तीनै सदस्यको मृत्यु भएको हो ।

न्यू साउथ वेल्सको हिउँले ढाकिएको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको हो। यसको कारण खुलेको छैन। अस्ट्रेलियाका विभिन्न ८० स्थानमा हाल डढेलो लागेको छ । मृत्यु हुनेको नाम खुलेको छैन तर उनीहरु अमेरिकी नागरिक रहेको भने स्थानीय अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू