अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल ११ स्थान माथि उक्लियो

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:०९ मा प्रकाशित

नेपाल भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा ११ स्थान माथि उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचाकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिदै १ सय १३ औँ स्थानमा छ ।

विश्व बैङ्कसहितका ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सीपीआई २०१९ मा नेपालले १ सयमा ३४ अङ्क पाएको छ । अघिल्लो वर्ष २०१८ मा नेपाल ३१ अङकसहित १ सय २४ औं स्थानमा थियो । नेपालले भ्रष्टाचारको सूचकाङ्कमा केही सुधार गरे पनि सबै भन्दा बढी भ्रष्टाचार हुने २० मुलुकभित्र परेको छ ।

१ सय ८० देशमध्ये ९ अङ्क प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेको छ । त्यसैगरी ८९ अङ्क प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा कायम रहन सफल भएको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्कमा १ सय अङ्कले अति स्वच्छ र ० ले अति भ्रष्टाचार रहेको जनाउने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताउनुभयो ।

नेपाली सेनामा आएको सदाचारले भ्रष्टाचार न्यून देखिएको रिपोर्टले देखाएको छ । अख्तियारको छानविनको दायराबाट बाहिर रहेर पनि उच्च ओहोदाकाले व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्ने तथा जनशक्ति भर्ना गर्ने क्रममा हुने गरेका आर्थिक अनियमितता लगायत रोकिएकाले रिपोर्टमा केही सुधार देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू