अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:०८ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा श्रेष्ठ ३ हजार ४ सय ६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । निर्वाचनमा उहाँका प्रतिष्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत ल्याउनुभयो । उहाँहरूबीच १ हजार २ सय १८ मतान्तर रहेको छ ।

नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ ७ हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित हुनुभएको थियो ।

गण्डकीबाट नेकपाकै नेतृ भगवती न्यौपाने पनि विजयी हुनुभएको छ । उहाँ नेकपामा महिलातर्फबाट उम्मेदवार बन्नुभएको थियो । न्यौपानेले ३ हजार ३ सय ६६ मत ल्याउँदो नेपाली कांग्रेसकी उम्मेदवार बिमला गौचनले २ हजार ३ सय ४० मत आएको छ । उनीहरूबीचको मतान्तर १ हजार २६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू