अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न, ९९ दशमलव १९ प्रतिशत मत खस्यो

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:०७ मा प्रकाशित

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट अपरान्ह चार बसेसम्म भएको निर्वाचनमा ९९ दशमलव १९ प्रतिशत मत खसेको छ । निर्वाचन सम्पन्न भएका सात प्रदेशमध्ये दुइवटा प्रदेशमा शतप्रतिशत मत खसेको छ भने बाँकी पाँच वटा प्रदेशमा भने शतप्रतिशत मत नखसेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी गराउनुभएको छ ।

आयोगका अनुसार प्रदेश नम्बर एकमा प्रदेश सभाका ९३ मतदातामध्ये ९२ मतदाताले मतदान गरेका छन् । दुइ सय ७४ स्थानीय तहका मतदाता मध्ये २ सय ७२ मतदाता अर्थात कुल ९९ दशमलव २७ प्रतिशत मत खसेको छ । बागमती प्रदेशमा एकसय १० प्रदेशसभाका मतदातामध्ये एक सय आठ मतदाताले र दुइ सय २८ स्थानीय तहका मतदातामध्ये दुइ सय २६ मतदाता गरि कुल ९९ दशमलव १६ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

प्रदेश नम्बर पाँचमा ८७ प्रदेश सभाका मतदातामध्ये ८६ मतदाताले र दुइ सय १८ स्थानीय तहका मतदातामध्ये दुई सय १७ गरी कुल ९९ दशमलव ५४ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा ४० प्रदेशका सबै मतदाताले र एक सय ५८ स्थानीय तहका मतदातामध्ये एक सय ५५ गरी कुल ९८ दशमलव १० प्रतिशत मत खसेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ प्रदेश सभाका मतदातामध्ये ५२ र एक सय ७६ स्थानीय तहका मतदातामध्ये एक सय ७५ मतदाताले गरी कुल ८८ दशमलव ४३ प्रतिशत मत खसेको छ ।

प्रदेश एकको वीराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण निधि स्मृती भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडा समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसर, प्रदेश पाँचको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवन र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थलमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू