अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

एनआरएन दोस्रो विज्ञ सम्मेलन आगामी अक्टोबरमा धुलिखेलमा हुने

बिआरटीनेपाल २०७६ माघ ८ गते १७:४२ मा प्रकाशित

लन्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा हुने दोस्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोबरमा हुने भएको छ । गैर आवासीय नेपाली सङ्घका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौँ विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटेलमा आयोजना हुँदा महँगो दर्ता शुल्क भएको आलोचना भए पछि सङ्घले दोस्रो सम्मेलन काठमाडौँ विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाण्डौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको सङ्ख्या बढ्ने विश्वास डा. शर्माको छ । यसै बिच सङ्घको एक टोलीले बुधवार काठमाडौँ विश्वविद्यालयका उपकुलपती, डिनहरू, विभागीय प्रमुखहरू लगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।

सङ्घका पदाधिकारी सहित काठमाण्डौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धिमूलक बनाउन घनिभूत छलफल भएको महासचिव डा. शर्माले जनाए । सङ्घको टोलीमा उपाध्यक्षहरू सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिति थियो । यसअघि सङ्घले एनआरएन विज्ञ सम्मेलन बारे परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारका उच्चअधिकारीसंग छलफल गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू