अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

सिकागोमा एनआरएनए अध्यक्ष शाहसँग मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ माघ ८ गते १७:३० मा प्रकाशित

एनआरएनए इल्लिनोइ शाखा (NRNA IL CHAPTER) को आयोजना जनवरी १९, २०२० का दिन एनआरएनए एनसीसी युसएका अध्यक्ष सुनिल साह सँग मिट एन्ड ग्रिट कार्यक्रम हिमालयन शेर्पा किचेन रेस्टुरेन्टमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा अध्यक्ष सुनिल साह लगायत अतिथिको रूपमा मिडवेष्टका उपाध्यक्ष बुद्धि सुबेदी, केन्द्रीय सदस्य सत्यनारायण चौधरी, वासुदेव अधिकारी, नेपाल अमेरिकन सेन्टरका अध्यक्ष विष्णु फुयाँल, लायन्स क्लबका अध्यक्ष रमाकान्त खरेल तथा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

एनआरएनए इल्लिनोइ शाखाका अध्यक्ष श्री ललन देवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केही नवनियुक्त एनआरएनए इल्लिनोइ शाखा (NRNA IL CHAPTER) का पदाधिकारीहरूलाई शपथ ग्रहण समेत गराइएको थियो । शपथ लीने पदाधिकारीहरूमा महिला संयोजक – श्रीमती चन्द्रा भट्टराई, युवा संयोजक- मुनेश आचार्य, सदस्यहरू विनोद बस्ताकोटी, राज पाठक र रविन पन्त हुनुहुन्थ्यो । वहाँहरूलाई NRNA Illinois chapter का अध्यक्ष ललन देवले शपथ ग्रहण गराउन भएको थियो । यसका साथै मिडवेष्टका उपाध्यक्ष श्री बुद्धि सुबेदीले मिडवेष्ट क्षेत्रीय संयोजक द्वय श्री गोविन्द श्रेष्ठ र श्रीमती विष्णु न्यौपानेलाई समेत शपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू सीएनएफएसका उपाध्यक्ष खेमराज पन्थी, जगन निरौला, सचिव शिव अधिकारी, ANMAमाका सचिव खेम पाठक, साहित्य समाजका अध्यक्ष ईश्वरी बगाले, सिटिएसका पूर्व अध्यक्ष विक्रम चौधरी, सीएनटीएसका उपाध्यक्ष सुभाष कर्ण, नेवाढबूका पूर्व अध्यक्ष श्रावण कुमार श्रेष्ठ, संचारमध्यम (MEDIA) कर्मी आशा पिक्चर्सका राम लामा शेर्पा र जगन निरौला, लेक बेसी म्युजिकका मीन दलामी र समाजसेवी ऋषि राज गैरे शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी सुरेन्द्र चौधरी, विश्व राई, गोपाल जिसी, गोपी चन्द्र भुसाल एवं स्थानीय बासीहरू सरोज खड्का, ऋषिकेश नेपाल, सुभाष अर्याल, रविन पन्थ, पुण्य प्र सुबेदी लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी सम्पूर्णलाई एनआरएनए इल्लिनोइ च्याप्टरको तर्फबाट सचिव राज थापाले स्वागत गर्दै उपस्थितिको लागि आभार एवं कृतज्ञता व्यक्त गर्नुभएको थियो उक्त कार्यक्रमको लागि स्थान एवं चिया पानीको व्यवस्थापनमा समाजसेवी गोपाल जिसीले सहयोग गर्नुभएको थियो ।

एनआरएनए इल्लिनोइ शाखाका हालसम्म निर्वाचित एवं मनोनीत पदाधिकारीको विवरण यस प्रकार छ ।

अध्यक्ष- श्री ललन देव,
उपाध्यक्ष- श्री इन्द्रकान्त चौधरी,
सचिव- श्री राज थापा,
महिला संयोजक – श्रीमती चन्द्रा न्यौपाने,
युवा संयोजक- श्री मुनेश आचार्य,
सदस्य श्री सुभाष कर्ण,
सदस्य श्री देवकान्त चौधरी,
सदस्य श्री विनोद बस्ताकोटी,
सदस्य श्री राज पाठक,
सदस्य श्री रविन पन्थ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू