अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

अमेरिकाको जन गणना २०२० सम्बन्धी र रोजगारको जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ माघ ८ गते १७:१२ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा “ग्रेटर अस्टिन नेपाली सोसाइटी”ले अमेरिकाको जन गणना २०२०(census 2020) सम्बन्धी र रोजगारको जानकारीमूलक अन्तरक्रिया कार्यक्रम गत शनिवार १८ मा सम्पन्न गरेको छ । १० वर्षमा हुने अमेरिकाको जन गणना (census 2020) को महत्त्व र यसबाट रोजगारी प्राप्त हुने लगायतका अवसरहरू प्रस्ट्याउने उद्देश्यले कार्यक्रम गरिएको थियो।

नेपाली टोपीमा सजिएका प्रमुख अतिथि फ्लुगरभिलका मेयर भिक्टर गोन्जालेसले महत्त्वपूर्ण विषयमा गरिएको कार्यक्रमको तारिफ गर्दै सेन्ससमा कोही पनि छुट्नु नहुने कुरामा जोड दिएका थिए । प्राध्यापक प्रभात दीक्षित, सेन्सस ब्युरोका आरोन टर्नर तथा एसियन प्यासिफिक रिजन सङ्घ (APAPA)का उपाध्यक्ष सुमित दास गुप्ताले सो कार्य कसरी गर्ने भन्ने बारेमा प्रष्तरूपमा जानकारी गरेको थियो।

कार्यक्रममा एनएसटी डालसका उपाध्यक्ष राजेन्द्र वाग्ले, एनआरएनएका पदम ठकुराठी, सामुदायिक भवन समितिका संयोजक तथा पूर्व अध्यक्ष गेहेन्द्र केसी, पूर्व अध्यक्ष देवराज न्यौपाने, APAPA का अध्यक्ष अलाइस ई, एसियन अमेरिकन चेम्बर अफ कमर्सकी अध्यक्ष मेरिना भर्गभा, न्यु योर्क टाइम्सका रिपोर्टरहरू जोन तथा डान लगायतका व्यक्तित्वहरूको महत्त्वपूर्ण सहभागिता रहेको थियो ।कार्यक्रममा वरिष्ठ व्यक्तिहरूले आ-आफ्नो मन्तव्य पनि व्यक्त गरेका थिए ।

नेपालीहरूलाई सेन्ससमा नछुटाउने, सेन्सस मार्फत नेपाली समाजको अस्तित्व र विकासमा टेवा दिने, नेपालीलाई सेन्सस (जागिर) मा लगाउने, विभिन्न संघसंस्थाहरुसित समन्वय गरेर काम गर्ने जस्ता उद्देश्यले देवराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सेन्सस समिति निर्माण गरिएको छ । उक्त समितिमा विमल अधिकारी, सुदिप दाहाल, शर्मिला भट्ट, श्रीधर दवाडी, सुधिर रज रिया, सुशील त्रिपाठी, रत्न शाहीका साथै रविन पिया, पशुपति महतो र ललित गिरी सदस्य रहेका छन्। ग्यान्सका अध्यक्ष भोजराज भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ग्यान्सका कोषाध्यक्ष सकुल कोइरालाले गर्नु भएको थियो ।  

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू