अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

उत्तर अमेरिकी भाव भूमिका २४ वटा कथानुभूति परदेशका कथाको लोकार्पण

बिआरटीनेपाल २०७६ माघ ८ गते १०:३६ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा उत्तर अमेरिकी भाव भूमिका २४ वटा कथानुभूति परदेशका कथाको लोकार्पण गरियो । समालोचक, डा. विन्दु शर्मा, समीक्षक महेश पौड्याल, राजकुमार बानियाँ यस पुस्तकका सम्पादक गणेश घिमिरे र प्रकाशक पुष्पराज पौडेलद्वारा लोकार्पण गरियो ।

परदेशको कथा उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरूको संयुक्त सँगालो हो । प्रस्तुत पुस्तकमाथि बोल्दै समालोचक विन्दु शर्माले राम्रो प्रयास रहेको र अमेरिकामा बसोबास गर्ने राम्रा कथाकारहरू छुट्नु भएकोले भाग दुईमा समावेश गर्न सुझाव दिनुभयो । त्यसै गरी समीक्षक महेश पौड्यालले विदेशमा बस्ने नेपालीहरूले आफ्नो अवस्था कथा मार्फत प्रस्तुत गरेका छन् । विदेशको बसाइँ दैनदिनी घटनाहरूलाई कथा मार्फत रोचक तरिकाले बयान गरेको बताउनु भयो ।

समीक्षक राजकुमार बानियाँले विदेशमा भोगेका कथा पढ्दा आफुलाई विदेशमा बस्ने नेपाली भएको अनुभूति भएको बताउनु भयो । सम्पादक समेत रहनु भएका गणेश घिमिरेले नेपालीहरू विदेशमा बस्दा पनि नेपालीपन ल्याउन पुस्तक तयार पारेको बताउनु भयो ।
प्रकाशक पुष्पराज पौडेलले नेपाली साहित्यका पुस्तकहरूलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु पर्ने बेला भएकाले आफ्नो ठाउँ बाट पहल गर्न सबैलाई अनुरोध गर्नुभयो ।

कृष्ण कुसुम र गणेश घिमिरेले सम्पादक गर्नु भएको यस पुस्तकमा २४ जना कथाकारको २४ वटा कथा समावेश गरिएको छ । त्यसलाई शिखा बुक्सले बजारमा ल्याएको हो । यो पुस्तकको मूल्य रु. ३७५ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू