अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

पापाराजीको निशानामा ह्यारी र मेगन, कानुनी चेतावनी जारी

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:२२ मा प्रकाशित

बेलायती राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले सञ्चारमाध्यममाथि कानूनी चेतावनी जारी गर्नुभएको छ । क्यानडामा रहेकी मेगनको तस्बिर पत्रिका तथा वेबसाइटहरुमा प्रकाशित भएपछि द ड्युक एण्ड डचेज अफ ससेक्सले सञ्चारमाध्यमका लागि कानूनी चेतावनी जारी गरेका हुन् ।

मेगनले आफ्नो कुकुरलाई हिडाउँदै गरेको तथा छोरा आर्चीलाई बोकेको तस्बिर फोटोग्राफरले झाडीमा लुगेर खिचेको वकिलले बताएका छन् । फोटोग्राफरले मेगनमाथि गाप्य निगरानी गरेको अभियोग छ । फोटो खिच्नका लागि मेगनले स्वीकृति नदिएको र फोटोग्राफरले दुर्व्यवहार गरेको आरोप छ ।

द ड्युक एण्ड डचेजले यस विरुद्ध कानूनी उपचारको खोजी गर्ने तयारीमा रहेको बताएका छन् । हाल क्यानडाको ब्रिटिस कोलम्बिया स्थित भ्यानकुभर आइल्याण्डमा रहेका ह्यारी र मेगनको आवास नजिक पापाराजी गतिविधि सक्रिय भएको सूचना पाएको बताइन्छ ।

लङ्ग रेन्जको लेन्सको प्रयोग गरी उनीहरुको घर भित्रको तस्बिर पनि लिने प्रयास भएको वकिलले बताएका छन् । ह्यारी र मेगन बसेको भवनको बाहिरी क्षेत्रमा पापाराजी क्याम्पनै बनाएर बसेको वकिलको भनाई छ ।

ब्रिटिस कोलम्बियाको कानून अनुसार मेगनले आफ्नो गोपनियताको अधिकार भंग भएको लागेमा कानूनी उपचार लिन पाउने छिन् । तर प्रेस स्वतन्त्रताले त्यसमा अवरोध गर्न सक्छ । बेलायती महारानी एलिजाबेथ राजपरिवारको सक्रिय सदस्यबाट पछि हट्ने ह्यारी र मेगनको चाहनामा राजी भएपछि हाल ह्यारी र मेगन क्यानडामा छन् । ह्यारी मंगलबार क्यानडा जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू