अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

अफगानिस्तानमा आइएस लडाकूले गरे आत्मसमर्पण

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:२० मा प्रकाशित

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएस) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् । अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलसमक्ष आइएसका कमाण्डरहरु समेत गरी कम्तीमा पनि १२ जनाले आत्मसमर्पण गरेका हुन् ।

ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १२ जना लडाकूले अफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ अवस्थित सो प्रान्तमा रहेको सेनाको एक ब्यारेकमा आएर आत्मसमर्पण गरेका हुन् । नान्गाहार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा १२ आइएस लडाकू समूहले आफूसँग रहेका शक्तिशाली हतियारसहित अफगान विशेष सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।

अफगान सेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको उल्लेख छ । उनीहरुसमक्ष आत्मसमर्पण बाहेक अर्को कुनै विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूहरुले सुरक्षा बलसमक्ष आत्मसमर्पण गरेका थिए । सो आतंककारी समूहमा लागेका महिला तथा केही बालसैन्य समेत गरी ७०० भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए ।

Afghanistan Daily Life

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू