अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

एआइजी आशा सिंहलाई दज्र्यानी चिन्ह प्रदान

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:१७ मा प्रकाशित

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा पदोन्नति हुनुभएका डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज एक समारोहबीच आइजिपी खनालले उहाँलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको बताउनुभयो । साथै, उहाँले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

उक्त अवसरमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रूपमा विकास गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ अधिकृतलगायत अन्य प्रहरी अधिकृत तथा जवानको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू