अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

मच्छिन्द्र शहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:१४ मा प्रकाशित

नेपाल पुलिस क्लबलाई हराउँदै मच्छिन्द्र क्लब जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ । दशरथ रंगशालमा आज भएको खेलमा मच्छिन्द्रले पुलिसलाई १–० गोलले पराजित गरेको हो । मच्छिन्द्रका रन्जित धिमालले ५३ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको हो ।

अघिल्लो खेलमा हिमालयन शेर्पा क्लबसँग २–० गोलले पराजित भएपछि निराश बनेको मच्छिन्द्र पछिल्लो जितपछि शीर्षस्थानमा रहेको नेपाल आर्मीसँग अंक बराबरी गर्न सफल भएको छ । दुवै टोलीको समान १६ अंक छ । तर मच्छिन्द्रले एक खेल बढी खेलेको छ ।

मच्छिन्द्रले आठ खेलमा पाँच जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ । सात खेल खेलेको नेपाल आर्मीको पाँच जित, एक बराबरी र एक हार छ । तेस्रो स्थानमा रहेको साविक विजेता मनाङ मस्र्याङ्दीको सात खेलबाट १३ अंक छ । आठ खेलबाट ११ अंक भएको पुलिस पाँचौँ स्थानमा रहेको छ ।

लिगअन्तर्गत् बिहीबार दुई खेल हुनेछन् । मध्याह्न १२ बजे हिमालयन शेर्पा क्लबले थ्रीस्टारसित तथा दिउँसो ३ बजे जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसित खेल्दैछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू