अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु –स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:०९ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताउनुभएको छ । उहाँले संघीय सरकारले संघ मार्फत प्रत्येक प्रदेशमा एक अस्पताल र एक प्रतिष्ठान बनाउने नीति लिएको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशमा प्रतिष्ठान बन्न सक्ने अस्पताल गेटा नै रहेको बताउनुभयो ।

बुधबार गेटा मेडिकल कलेजको निरिक्षण गर्दै मन्त्री ढकालले अस्पतालको भौतिक संरचना निर्माणको अवस्था आशालाग्दो रहेको र समय अगावै निर्माण कार्य सम्पन्न भए थप आवश्यक रकम निकासा गराउन मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै कुरा सुधार्नुपर्ने उल्लेख गर्दै उहाँले विश्वमै आँखाको उपचारमा भने गेटा आँखा अस्पताल राम्रो रहेको बताउनुभयो । २०६५ सालदेखि कलेजको काम अघि बढेको थियो। गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समितिका अध्यक्ष चेतराज पन्तले आधारभूत भौतिक संरचना निर्माण कार्य अन्तिम चरणमा रहेकोले अध्यापन कार्य सञ्चालनका लागि यसको प्रतिरुप ‘मोडेल’को टुङ्गो लगाइनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू