अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङद्धारा प्रदेश सभा सदस्य मनाङेविरूद्ध प्रहरीमा जाहेरी

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:०६ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’विरूद्ध प्रहरीमा जाहेरी दिनुभएको छ । गुरुङले मनाङेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथि कुटपिट गरेको भन्दै जाहेरी दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले मनाङेविरूद्ध जाहेरी आएको पुष्टि गर्नुभएको छ । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङेले मंगलबार गुरुङलाई झापड हान्नुभएको थियो ।

मनाङेले मुक्का र लात्ती हानेको गुरुङले आरोप लगाउनुभएको छ । उहाँका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने सांसद मनाङेले माग गर्नुभएको थियो ।

प्रतिक्रिया